आयोजक मोरक्को अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा
रबात । आयोजक मोरक्को सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति रबातमा भएको क्वार्टरफाइनल खेलमा क्यामरुनलाई २–० गोल अन्तरले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
घरेलु दर्शकको उल्लेख्य समर्थन पाएको मोरक्कोले खेलभरि नै क्यामरुनलाई दबाबमा राखेको थियो। मोरक्कोको जितमा ब्राहिम डियाज र इस्माएल सैबारीले एक–एक गोल गरे।
खेलको २६औँ मिनेटमा कर्नरबाट आएको बललाई अयुब एल काबीले फ्लिक गरेपछि डियाजले क्लोज रेन्जबाट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो जारी प्रतियोगितामा डियाजको पाँचौँ व्यक्तिगत गोल हो। त्यस्तै, दोस्रो हाफमा सेट पिसकै अवसरमा सैबारीले बाँया खुट्टाले शक्तिशाली प्रहार गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए।
वालिद रेग्रागुईको प्रशिक्षणमा रहेको मोरक्कोले कतार विश्वकप २०२२ को जस्तै सानदार लयलाई निरन्तरता दिएको छ। यो जितसँगै मोरक्को पछिल्ला २५ खेलमा अपराजित रहेको छ।
सन् २००४ पछि पहिलो पटक एफ्कनको सेमिफाइनल पुगेको मोरक्को अब सन् १९७६ पछि पहिलो पटक महादेशीय उपाधि उचाल्ने लक्ष्यबाट मात्र दुई जित टाढा छ। अब मोरक्कोले बुधबार हुने सेमिफाइनलमा अल्जेरिया र नाइजेरियाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण