गजल
शनिबार, २६ पुस २०८२, १२ : ५२
सारांश
- कविले जीवनमा बाँकी रहेका अप्ठ्यारा र आशाबारे कुरा गरेका छन्।
- कवि आफू हारेको तर नसकिएको बताउँदै अझै धेरै कुरा गर्न बाँकी रहेको बताउँछन्।
- कविले जीवनमा आराम गर्ने ठाउँ र उज्यालो भविष्यको आशाबारे चर्चा गरेका छन्।
कति सुनाउँछौ भत्केको कथा हेर गारो बाँकी छ
श्वास रहुन्जेल आश हुन्छ केही उधारो बाँकी छ
|१|
म सकिएको छैन भौतिक रूपमा, लडेको मात्र हुँ,
विजेताले दौड सुरु गरिसक्यो साह्रोगाह्रो बाँकी छ
|२|
मेरै समान लुटाएर मैलाई धक्कु ऊ लाउँदै गयो
मैले भनेँ, "कवाडी महोदय अझै कोपारो बाँकी छ।"
|३|
अन्दाज मात्र गर्दछौ जहिल्यै उजाड मरुभूमिको
जिन्दगीमा थकाइ मेट्ने शीतल चौतारो बाँकी छ
|४|
अवस्थाले चितामा सुताउँदा पनि अँध्यारो मानिन
आफ्नाले आगो लगाउने उज्यालो घारो बाँकी छ
|५|
हेलम्बु-६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण