लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न एमाले तयार छ : ओली
सारांश
- केपी शर्मा ओलीले एमाले लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्न तयार रहेको बताए।
- ओलीले देशमा लोकतन्त्र र संविधान संकटमा रहेको र वैदेशिक चलखेलको जोखिम बढेको बताए।
- उनले लोकतान्त्रिक शक्तिहरूसँग न्यूनतम समझदारी र सहकार्यका लागि आह्वान गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आवश्यकता अनुसार विभिन्न मुद्दाहरूमा लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्ने एमाले संविधानको रक्षा र राष्ट्रिय हितका लागि अन्य दलहरूसँग संवाद र समझदारी गर्न तत्पर रहेको स्पष्ट पारेका हुन्।
देशका सामु उत्पन्न चुनौतीहरू अझै अन्त्य नभएको जिकिर गर्दै ओलीले वर्तमान समयमा लोकतन्त्र र संविधान सङ्कटमा रहेको दाबी गरे। जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको उल्लेख गर्दै उनले समाजमा अराजकता, निषेध र हिंसाको धम्की अझै व्याप्त रहेको बताए। राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वैदेशिक चलखेलको जोखिम बढेको र राष्ट्रिय हितको रक्षामा नयाँ चुनौतीहरू थपिएको उनको भनाइ छ।
अध्यक्ष ओलीले मुलुकमा केही पनि भएन भनेर जबरजस्त रूपमा नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै युवाहरूमा छाएको निराशा र अन्योललाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। समाजमा व्याप्त भ्रम र द्विविधा चिर्नका लागि संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच निरन्तर संवाद आवश्यक रहेको उनले औँल्याए। यही सन्दर्भमा उनले लोकतान्त्रिक शक्तिहरूलाई न्यूनतम समझदारी र सहकार्यका लागि औपचारिक आह्वान समेत गरेका छन्।
पार्टीको आगामी कार्यदिशाबारे प्रस्ट पार्दै ओलीले एमाले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्न चाहने भए पनि कतिपय महत्त्वपूर्ण मुद्दाहरूमा मिल्न सक्ने शक्तिहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए। संविधान मिचिएको वर्तमान अवस्थालाई सुधार्न र मुलुकलाई सही दिशामा लैजान सबै जिम्मेवार दलहरू एकजुट हुनुपर्ने उनको तर्क छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण