राजनीति
देउवा साढे १ बजेदेखि इतर समूहका ३ नेतासँग छलफलमा
शनिबार, २६ पुस २०८२, १६ : ११
१
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहका नेताहरूबीच पार्टी एकताको विषयमा छलफल भयो।
- डा. शेखर कोइराला लगायतका नेताहरू देउवा निवासमा भेला भएर पार्टीलाई एकताबद्ध बनाउने उपायबारे छलफल गरे।
- यसअघि, डा. कोइरालाले शनिबार बिहान पनि देउवालाई भेटेका थिए, र विशेष महाधिवेशनको विपक्षमा दुवै समूह छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दिउँसो साढे १ बजेदेखि इतर समूहका ३ नेतासँग छलफलमा छन् । देउवा निवास महाराजगन्जमा इतर समूहका नेता डा.शेखर कोइराला, सहमहामन्त्री जीवन परियार र डा.मिनेन्द्र रिजालबिच छलफल भइरहेको हो ।
डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले देउवा निवासमा पार्टीलाई एक ढिक्का कसरी बनाउन सकिन्छ भन्नेबारे साढे १ बजेदेखि छलफल भइरहेको जानकारी दिए ।
डा.कोइराला देउवासँग भेट्नलाई शनिबार दोस्रो पटक महाराजगन्ज पुगेका हुन् । डा.कोइराला शनिबार बिहान पनि देउवालाई भेटेर फर्किएका थिए ।
पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । देउवा नेतृत्वको संस्थापन र डा। कोइराला नेतृत्वको इतर समूह त्यो महाधिवेशनको विपक्षमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण