समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले द्रुत गतिमा काम गर्न सकेन: मन्त्री इङ्नाम
सारांश
- मन्त्री इङ्नामले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले द्रुत गतिमा काम गर्न नसकेको बताए।
- उनका अनुसार, समितिले पीडितको भावनाअनुसार काम गर्न सकेको छैन र ठूलो रकम व्यवस्थापन गर्न समय लाग्ने देखिन्छ।
- पीडितहरूले समस्या समाधानका लागि मन्त्रीसँग आग्रह गरेका थिए।
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले द्रुत गतिमा काम गर्न नसकेको बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा शनिबार सहकारी पीडितहरूसँग भएको छलफलमा उनले समितिले पीडितको भावनाअनुसार काम गर्न नसकेको बताएका हुन् ।
मन्त्री इङ्नामले भने, “यो समितिले पीडितको भावनाअनुसार एउटा गतिका साथ काम गर्न सकेको छैन । २३ वटा सहकारीमा रु ४५ अर्बभन्दा बढी व्यवस्थापन गर्नुपर्नेछ, यति ठुलो रकमको व्यवस्थापन गर्नका लागि सात जनाको समितिले तत्काल काम गर्न सक्दैन । धेरै अधिकार तर अनुभवको कमी भएका कारण पनि समितिले द्रुत गतिमा काम गर्न नसकेको मैले महसुस गरेको छु ।”
उनले समितिलाई बयान बकपत्र गर्नेदेखि सम्पत्ति जफत गर्नेसम्म अधिकार दिएको भन्दै सोअनुसार काम गर्न समिति आफैँ अग्रसर हुनुपर्ने र त्यसमा अरू सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । हालसम्म रु चार अर्ब १२ करोडको व्यवस्थापन भएको उल्लेख गर्दै मन्त्री इङ्नामले भने, “अझै २० वटा समस्याग्रस्त सहकारीका थुप्रै सङ्ख्यामा रहेका पीडितहरू छन् । झण्डै ७४ हजार ३०७ पीडित बचतकर्ता अझै पनि हुनुहुन्छ । उहाँहरूको ठुलो रकम व्यवस्थापन गर्नका लागि सात जनाको समितिले अलि लामो समय लाग्ने देखिन्छ, यो एउटा समितिले मात्रै छिटो समस्या समाधान हुन सक्दैन ।”
सहकारी पीडितले आफूहरूको समस्या जतिसक्दो चाँडो समाधान गर्न मन्त्रीलाई आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण