अभिनेता निकोलस केजको घरबाट चोरी भएको ऐतिहासिक कमिक्स १ करोड ५० लाख डलरमा बिक्री
सारांश
- सन् १९३८ को दुर्लभ 'सुपरम्यान' कमिक बुक १ करोड ५० लाख अमेरिकी डलरमा बिक्री भएको छ।
- हलिउड अभिनेता निकोलस केजको घरबाट चोरी भएको यो कमिक ११ वर्षपछि फेला परेको थियो।
- यो कमिक सुपरम्यानको डेब्यु र सुपरहिरो विधाको महत्त्वपूर्ण आधार मानिन्छ, र यसको मूल्य निकै बढेको छ।
न्यूयोर्क । संसारलाई ‘सुपरम्यान’ पात्रसँग पहिलो पटक परिचय गराएको सन् १९३८ को एक दुर्लभ कमिक बुक १ करोड ५० लाख अमेरिकी डलरमा बिक्री भएको छ। ‘एक्सन कमिक्स नम्बर १’ को यो प्रति कुनै समय हलिउड अभिनेता निकोलस केजको घरबाट चोरी भएको थियो, जुन ११ वर्षपछि फेला परेको थियो।
शुक्रबार एक अज्ञात संकलकले यो ऐतिहासिक कमिक खरिद गरेको जानकारी सार्वजनिक भएको छ। यसअघि गत नोभेम्बरमा ‘सुपरम्यान नम्बर १’ को एक प्रति ९१ लाख २० हजार डलरमा बिक्री भएर विश्व कीर्तिमान कायम गरेको थियो, जसलाई अहिले यसले उछिनेको छ। रोचक कुरा के छ भने, सन् १९३८ मा यो कमिकको मूल्य मात्र १० सेन्ट (अहिलेको मुद्रास्फीति अनुसार करिब २.२५ डलर) थियो।
सुपरम्यानको डेब्यु मानिने यस कमिकलाई सुपरहिरो विधा परिभाषित गर्ने महत्त्वपूर्ण आधार मानिन्छ। हाल विश्वभर यसका १०० भन्दा कम प्रतिहरू मात्र अस्तित्वमा रहेको विश्वास गरिन्छ।
न्यूयोर्कस्थित ‘मेट्रोपोलिस कलेक्टिबल्स/कमिक कनेक्ट’ ले यो गोप्य बिक्रीको व्यवस्थापन गरेको हो। सर्टिफाइड ग्यारेन्टी कम्पनीका अनुसार यो कमिकलाई १० मा ९ अंकको ग्रेडिङ दिइएको छ, जसले यसलाई अहिलेसम्मकै उत्कृष्ट गुणस्तरको प्रतिमध्ये एक बनाएको छ। अभिनेता निकोलस केजसँग जोडिएको यसको रोचक इतिहासले गर्दा पनि यसको मूल्य अत्यधिक बढेको विज्ञहरू बताउँछन्।
निकोलस केजले सन् १९९६ मा यो कमिक १ लाख ५० हजार डलरमा किनेका थिए। तर, सन् २००० मा उनको घरमा भएको एक पार्टीका क्रममा यो चोरी भयो। चोरी भएको ११ वर्षपछि सन् २०११ मा क्यालिफोर्नियाको एउटा स्टोरमा यो अचानक फेला परेको थियो।
मेट्रोपोलिसका सीईओ स्टेफन फिसलरका अनुसार चोरी भएको अवधिमा यसको मूल्य आकाशिएको थियो, जसले अन्ततः केजलाई ठुलो फाइदा गरायो। केजले यो फिर्ता पाएको ६ महिनामै लिलामीमार्फत २२ लाख डलरमा बेचेका थिए। फिसलरले यस घटनालाई सन् १९११ मा लुभ्र म्युजियमबाट ‘मोना लिसा’ चोरी भएर विश्वप्रसिद्ध भएको घटनासँग तुलना गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण