मारिया माचादोले नोबेल शान्ति पुरस्कार ट्रम्पलाई दिन पाउँछिन् ?
सारांश
- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिइयो।
- ट्रम्पले बारम्बार आफूले शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेपछि माचाडोले पुरस्कार उनलाई दिन चाहेको बताइन्।
- नोबेल एकेडेमीले पुरस्कार फिर्ता लिन, स्थानान्तरण गर्न वा अरूसँग बाँड्न नसकिने स्पष्ट पारेको छ।
काराकस । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचादोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिइएको थियो । आफूले विश्वका कयौँ देशबिचको युद्ध रोकेको अनि शान्ति स्थापना गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार शान्ति पुरस्कार आफूले पाउनु पर्ने दाबी गरेका थिए ।
भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमका सबचमा माचादोले आफूले पाएको शान्ति पुरस्कार ट्रम्पलाई दिन वा उनीसँग बाँड्न चाहेको बताएपछि नोबेल एकेडेमीले यसबारे प्रतिक्रिया दिएको छ ।
एक पटक नोबेल शान्ति पुरस्कार घोषणा भएपछि, यसलाई फिर्ता लिन, स्थानान्तरण गर्न वा अरूसँग बाँड्न नसकिने नर्वेजियन नोबेल संस्थानले एक विज्ञप्तिमा भनेको छ । माचादोले सोमबार फक्स न्यूजसँग पुरस्कार ट्रम्पलाई दिन वा उनीसँग बाँड्न चाहेको बताएकी थिइन् । ‘एक पटक नोबेल पुरस्कार घोषणा भएपछि, यसलाई फिर्ता लिन, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन ।’ नर्वेजियन नोबेल संस्थानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको थियो ।
‘शान्ति पुरस्कार विजेताहरूले पुरस्कार प्राप्त गरेपछि के भन्छन् वा गर्छन् भन्ने कुरामा नर्वेली नोबेल समितिले कुनै टिप्पणी गर्ने छैन । समितिको काम जबसम्म कुनै विशेष वर्षको लागि नोबेल शान्ति पुरस्कार कसले पाउनेछ भन्ने तय हुँदैन तबसम्म मनोनीत उम्मेदवारहरूको काम र प्रयासहरूको मूल्याङ्कन गर्नु मात्रै हो’ यसमा भनिएको छ । एक पटक नोबेल पुरस्कार घोषणा भएपछि निर्णय सधैँको लागि मान्य हुने पनि इन्स्टिच्युटले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण