शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

म्यानमारमा आम निर्वाचनको दोस्रो चरण शुरु

आइतबार, २७ पुस २०८२, १३ : १५
आइतबार, २७ पुस २०८२

सारांश

  • म्यानमारमा बहुदलीय लोकतान्त्रिक निर्वाचनको दोस्रो चरण सुरु भएको छ, जसमा १२ वटा क्षेत्र र राज्यहरू समावेश छन्।
  • निर्वाचन तीन चरणमा हुँदैछ, पहिलो चरण डिसेम्बरमा सम्पन्न भयो भने तेस्रो चरण जनवरीमा हुनेछ।
  • यस निर्वाचनमा ५७ राजनीतिक दलका ५ हजार उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्, जसले नयाँ सरकार गठन गर्नेछन्।

म्यानमार । म्यानमारमा बहुदलीय लोकतान्त्रिक आम निर्वाचनको दोस्रो चरण आइतबार बिहानदेखि सुरु भएको छ। निर्वाचनका लागि तोकिएका १०० वटा टाउनशिपहरूमा स्थानीय समयअनुसार बिहान ६ बजेदेखि मतदान केन्द्र खुलेका हुन्। यस चरणमा १४ मध्ये १२ वटा क्षेत्र र राज्यका सहरी तथा ग्रामीण निर्वाचन क्षेत्रहरू समावेश छन्।

म्यानमारको आम निर्वाचन कुल तीन चरणमा सम्पन्न हुँदैछ। यसअघि पहिलो चरणको निर्वाचन गत वर्ष डिसेम्बर २८ मा १०२ वटा टाउनशिपमा सम्पन्न भइसकेको छ। तेस्रो तथा अन्तिम चरणको निर्वाचन भने आगामी जनवरी २५ मा ६३ वटा टाउनशिपमा हुने तय गरिएको छ। सङ्घीय निर्वाचन आयोग (यूईसी) का अनुसार पहिलो चरणबाट तल्लो सदन (पिथु ह्लुटा) का लागि १०० भन्दा बढी र माथिल्लो सदन (अमिओथा ह्लुटा) का लागि ३० भन्दा बढी प्रतिनिधिहरू निर्वाचित भइसकेका छन्।

यस पटकको निर्वाचनमा ५७ राजनीतिक दलका करिब ५ हजार उम्मेदवारहरू चुनावी मैदानमा छन्। निर्वाचनले सङ्घीय संसदका दुवै सदन र प्रदेश तथा क्षेत्र संसदका सदस्यहरू चयन गर्नेछ। तीनै चरणको मतदान सकिएपछि नयाँ सङ्घीय संसदले नयाँ राष्ट्रपति निर्वाचित गर्नेछ, जसले म्यानमारको नयाँ सरकार गठन गर्ने जिम्मेवारी पाउनेछ। निर्वाचन आयोगले देशभर २१ हजारभन्दा बढी मतदान केन्द्रहरू स्थापना गरेको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप