मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

सिमलताल नजिकै बालुवामा पुरिएको अवस्थामा बस फेला, प्रहरीले अनुसन्धान गर्दै

आइतबार, २७ पुस २०८२, १६ : ५३
आइतबार, २७ पुस २०८२

सारांश

  • चितवनको भरतपुर महानगरपालिकामा बसको टुक्रा भेटिएको ठाउँमा खन्दा बस फेला परेको छ।
  • त्रिशूली नदीमा बेपत्ता भएको डिलक्स बस हुनसक्ने अनुमान गरिएको छ, जुन २०८१ असार २८ गते हराएको थियो।
  • प्रहरीले बस निकालेर दुर्घटनाको यकिन गर्ने बताएको छ।

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको ठाउँमा खन्दा बस फेला परेको छ । सिमलताल नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको टुक्रा भेटिएपछि सशस्त्र र नेपाल प्रहरीको टोलीले खनेर हेर्दा बस भेटिएको हो ।

बस उत्खनन कार्य भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारामा फेला परेको बसको अवशेष २०८१ असार २८ मा त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बसमध्ये एउटा भएको आकलन गरिएको छ । बालुवामा गडेको बस निकालेर यकिन गरिने तनहुँका एसपी टेकबहादुर कार्कीले रातोपाटीलाई बताए ।

उनले भने, ‘बस निकालेपछि कहिले दुर्घटनामा परेको थियो भन्ने यकिन हुन्छ, अहिले हामी निकाल्ने काम गरिरहेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप