अस्ट्रेलियामा डढेलोमा परी १ जनाको मृत्यु, ३०० बढी घर जले
आइतबार, २७ पुस २०८२, १६ : ५४
सारांश
- दक्षिणपूर्वी अस्ट्रेलियामा डढेलोमा परेर एक जनाको मृत्यु भएको छ।
- डढेलोले ३०० घर र अन्य भवन जलेर नष्ट भएका छन्,भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा बढी क्षति पुगेको छ।
- डढेलो निभाउन अग्नि नियन्त्रक र एयरक्राफ्ट परिचालन गरिएको छ,भने आपतकाल घोषणा गरिएको छ।
काठमाडौं । दक्षिण–पूर्वी अस्ट्रेलियामा डढेलोमा परेर एक जनाको मृत्यु भएको छ । डढेलोले ३०० घर र अन्य भवन जलेर नष्ट भएका छन् । डढेलोले अस्ट्रेलियाका दर्जनौं स्थानलाई प्रभावित बनाएको छ । खासगरी भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा डढेलोले बढी क्षति पुर्याएको छ ।
डढेलो निभाउन थुप्रै अग्नि नियन्त्रक र ७० भन्दा बढी एयरक्राफ्ट खटाइएको छ । भिक्टोरिया राज्यमा आपतकाल घोषणा गरिएको छ भने धेरै मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
गर्मी र सुक्खा मौसम अनि त्यसमाथि हावा चल्दा डढेलो झन् तीव्ररूपमा फैलिएको बीबीसीले जनाएको छ । डढेलो फैलिने क्रम अझै केही हप्तासम्म रहन सक्नेमा अधिकारीहरू चिन्तित देखिएका छन् ।
सन् २०१९–२०२० मा पनि अस्ट्रेलियाको ठुलो भागमा डढेलो लागेको थियो । त्यसबेला डढेलोमा परी ३३ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण