‘नेतृत्वको लोकप्रियता कायम राख्न ‘ग्रेसफुल एक्जिट’ अनिवार्य सर्त’
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको मुख्य लक्ष्य सद्भाव, सुशासन र समुन्नति हुनुपर्ने बताए।
- उनले नेतृत्वको 'ग्रेसफुल एक्जिट' र कमजोरी सच्याउन तयार हुनुपर्ने धारणा राखे।
- शर्माले सुशासनका माग सम्बोधन गर्न र पार्टीलाई बदल्न जोड दिए, साथै छानबिनको माग गरे।
काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अबको मुख्य लक्ष्य सद्भाव, सुशासन र समुन्नति हुनुपर्नेमा जोड दिएका छन्। विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा सुरु भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीलाई फुटबाट जोगाएर अझ सशक्त बनाउने संकल्प व्यक्त गरे।
महामन्त्री शर्माले नेतृत्वको लोकप्रियता कायम राख्न 'ग्रेसफुल एक्जिट' (सम्मानजनक बहिर्गमन) अनिवार्य सर्त भएको टिप्पणी गरे। उनले नेतृत्वले आफूले गरेका राम्रा कामको जस लिने मात्र नभई कमजोरीहरू सच्याउन पनि तयार हुनुपर्ने धारणा राखे। विशेष महाधिवेशन प्रतिनिधिहरू अनुशासित रहेको चर्चा गर्दै उनले यो भेलाले कुनै आवेगमा नभई विवेकपूर्ण निर्णय गरेर देश र पार्टीको हितमा काम गर्ने विश्वास दिलाए।
जेनजी आन्दोलनले उठाएका सुशासनका मागहरूलाई कांग्रेसले नै सम्बोधन गर्न सक्ने दाबी गर्दै शर्माले बदलिएको परिस्थिति अनुसार पार्टी पनि बदलिएर अघि बढ्नुपर्ने बताए। उनले गत भदौ २३ र २४ गतेका घटना र त्यसक्रममा गुमेका जीवनका बारेमा गम्भीर छानबिन हुनुपर्ने माग समेत गरे। सरकारमा बस्नेहरूले जनतामा विश्वास जगाउन नसकेकै कारण युवाहरूको आन्दोलन चर्किएको उनको विश्लेषण थियो।
पार्टीभित्र रूपान्तरणको मुद्दालाई नेतृत्वले पटक-पटक बेवास्ता गरेकाले नै आज कार्यकर्ताहरू जागरुक भएर सडकमा आउनुपरेको शर्माको भनाइ थियो। उनले निजी क्षेत्रले हासिल गरेका उपलब्धिलाई सम्मान गर्दै आगामी दिनमा उनीहरूलाई थप प्रोत्साहन गर्ने नीति ल्याइने स्पष्ट पारे। महाधिवेशनको बन्द सत्रमा जनजीविकाका सवाल र जनताका असन्तुष्टिबारे सघन छलफल गरी ठोस संकल्पका साथ अघि बढ्ने अठोट उनले व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण