महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम बिहान ११ बजेसम्म
सारांश
- काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ, जसको बन्द सत्र आज सुरु हुनेछ।
- प्रतिनिधि दर्ता बिहान ११ बजेसम्म जारी रहनेछ, अधिकांश प्रतिनिधि आज बिहान मात्रै आइपुगेका थिए।
- बन्द सत्रमा कार्यविधि बनाउने र चार विषयमाथि नीतिगत छलफल हुनेछ, जसमा नेतृत्व परिवर्तनको सम्भावनाबारे पनि छलफल हुनेछ।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु गर्ने कार्यतालिका तय गरिएको छ।
यसैबिच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरू आज बिहान मात्रै आइपुगेकोले उनीहरूले बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो।
महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभाष पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने छ। आज बन्द सत्रको सुरुमा विशेष महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ भने त्यसपछि नौ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीति मन्थन हुनेछ।
चार विषयहरू मध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए।
नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत् छलफल हुनेछ यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए। नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण