काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट राष्ट्रिय जनमोर्चाबाट ५ जनाको नाम सिफारिस
सारांश
- राष्ट्रिय जनमोर्चाले फागुन २१ मा हुने निर्वाचनका लागि काठमाडौँ-९ बाट पाँच जनाको नाम सिफारिस गरेको छ।
- सिफारिसमा जनमोर्चाका युवा नेता रोशन दानी, झविलाल बेलबासे, वीरेन्द्र महर्जन लगायत छन्।
- उम्मेदवार सिफारिस हुने अन्यमा बीबी अधिकारी र चेतन नारायण बेलबोसे रहेका छन्।
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाले काठमाडौँ–९ बाट पाँच जनाको नाम सिफारिस गरेको छ । सोमबार क्षेत्रीय समितिले गरेको सिफारिसमा जनमोर्चाका युवा नेता रोशन दानी छन् ।
उनी प्रगतिशील पत्रकार महासङ्घ नेपालका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्षका साथै राष्ट्रिय जनमोर्चाका केन्द्रीय परिषद् सदस्य समेत रहेका छन् । काठमाडौँ जिल्ला अध्यक्ष झविलाल (झविन्द्र) बेलबासे, युवा नेता तथा सङ्कटा युवा क्लब केन्द्रीय सदस्य वीरेन्द्र महर्जन पनि उम्मेदवार सिफारिस भएका छन् ।
युवा व्यवसायी तथा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा उपत्यका स्तरीय समितिका अध्यक्ष बीबी अधिकारी, प्रगतिशील पत्रकार संघ नेपाल काठमाडौँ जिल्ला सचिव तथा पत्रकार महासङ्घका जिल्ला सदस्य चेतन नारायण (लक्ष्मण) बेलबोसे पनि काठमाडौँ क्षेत्र नम्बर ९ का लागि सिफारिस भएको जनमोर्चाका एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण