कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ
सोमबार, २८ पुस २०८२, १६ : २५
सारांश
- १८ वर्षको कैद सजाय भोगिरहेका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
- कैदी, जो २०७३ सालदेखि कैदमा थिए, जेनजी आन्दोलनको समयमा फरार भएका थिए।
- फरार कैदीलाई काठमाडौंको टोखाबाट पक्राउ गरी कैद भुक्तानका लागि पुनः पठाए।
काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
२०७३ साल असार २९ गतेदेखि जगन्नाथदेवल कारागार सुन्धारामा कैद काटिरहेका सिन्धुली जिल्ला, तीनपाटन गाउँपालिका वडा नं. ६ घर भएका ५० वर्षीय बसन्त भन्ने गुन्ज बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
गत भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट फरार भएका श्रेष्ठ काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा लुकेर बस्दै आएका थिए। उनी काठमाडौँको टोखा नगरपालिका वडा नं. १, झोर क्षेत्रमा लुकिछिपि बसेको भन्ने विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई पुस २८ गते पक्राउ गरेको हो।
पक्राउ परेका श्रेष्ठलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण