यम बरालले ल्याए एकैसाथ तीन नयाँ गीत
काठमाडौं । गायक यम बरालले एकैसाथ तीन नयाँ गीत ल्याएका छन् । सोमबार काठमाडौंमा आयोजित समारोहमा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ, अग्रज संगीतकार दीपक जंगम, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला लगायतले यमका ‘यो साँझ फेरि’, ‘टेण्डर मायाको’ र ‘जून र सुनको अघि माया’ गरी तीन गीत विमोचन गरे ।
राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको ‘यो साँझ फेरि’ रोमान्टिक भावको गीत हो । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा यम आफैं र जुना कार्की फिचर्ड छन् । कविराज भट्टले निर्देशन गरेको भिडियोलाई अमन बाबुले खिचेका हुन् भने राकेश दाहालले सम्पादन गरेका छन् ।
अर्को गीत ‘टेण्डर मायाको’ रमाइलो शैलीको गीत हो । यसमा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत छ । यो गीतमा गायनमा यमलाई जुनु प्रसाईंले साथ दिएकी छन् । यो गीतलाई मनोज केसीले एरेन्ज गरेका हुन् । नितिन चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा नवीन महतारा क्षेत्री, रसिला श्रेष्ठ र सन्दीपा गौतम फिचर्ड छन् । मनोज केसीले खिचेको भिडियोलाई सौखिन तिमल्सिनाले सम्पादन गरेका हुन् ।
‘जून र सुनको अघि माया’ गीतले इलाम फिक्कलको पेरिफेरीमा मायाप्रेमको कथा भन्छ । सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको यो गीतलाई मनोज थापा मगरले एरेन्ज गरेका हुन् । सञ्जय बरालले निर्देशन गरेको भिडियो फिक्कलमै खिचिएको छ । यम बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण पौडेल सैंजुले अभिनय गरेको भिडियोलाई विक्रम डिसीले खिचेका हुन् भने विकास धमलाले सम्पादन गरेका छन् ।
गायक यम बरालले तीनैवटा गीतले दर्शक-श्रोताको मन जित्ने विश्वास रहेको बताए । नेपाली सुगम संगीत तथा पार्श्व गायनका प्रसिद्ध गायक यमका बादलुको घुम्टो, निष्ठुरीले छाडेर, मन रहे पो मायाप्रीति, अब चोटहरूले, माया बस्यो मुटुमा, दिलमाया, सनम माया लाको लगायत सयौं गीत लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण