मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

विशेष महाधिवेशनको कार्यतालिका संशोधन

सोमबार, २८ पुस २०८२, २१ : ५०
सोमबार, २८ पुस २०८२

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । 

नेपाली कांग्रेसको दोस्राे विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आयोजना गरिएको थियो । 

साेमबार बन्दसत्र सुरू भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बताए । 

मंगलबार बिहान ८ बजे देखि पुनः सुचारु हुने उनले बताए । उनका अनुसार भोलि समेत महाधिवेशन प्रतिनिधिहरूको दर्ता निरन्तर रहने छ । 

611577169_2358975254568227_2149207102725030427_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप