टी–२० विश्वकप : बंगलादेशी टोलीलाई भारतमा कुनै विशेष खतरा नरहेको आईसीसीको निष्कर्ष
सारांश
- आईसीसीले २०२६ को टी-२० विश्वकपका लागि भारत जान लागेको बंगलादेशी क्रिकेट टोलीमाथि कुनै विशेष सुरक्षा खतरा नरहेको जनाएको छ।
- बंगलादेशले भारतमा खेल सार्न माग गरेको छ, तर आईसीसीले यसलाई सामान्य सुरक्षा योजनाको गलत व्याख्या भन्यो।
- बंगलादेशका खेलकुद सल्लाहकारले सुरक्षा चुनौतीका कारण भारतमा खेल्न गाह्रो हुने बताएका थिए।
नयाँ दिल्ली । सन् २०२६ को टी–२० विश्वकपका लागि भारत जान लागेको बंगलादेशी क्रिकेट टोलीमाथि कुनै विशेष वा उच्च सुरक्षा खतरा नरहेको क्रिकेटको नियामक निकाय आईसीसीले स्पष्ट पारेको छ।
आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई पठाएको आन्तरिक सुरक्षा मूल्याङ्कन प्रतिवेदनमा केही स्थानमा न्यूनदेखि मध्यमस्तरको जोखिम रहे पनि खेल नै सार्नुपर्ने खालको कुनै गम्भीर अवस्था नरहेको उल्लेख छ। यो प्रतिवेदन सार्वजनिक भएपछि भारत र बंगलादेशबिचको क्रिकेट सम्बन्धमा नयाँ विवाद उत्पन्न भएको छ।
यसअघि बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले आईसीसीको प्रतिवेदनले बंगलादेशलाई भारतमा खेल्न कठिन हुने कुरा पुष्टि गरेको दाबी गरेका थिए। नजरुलका अनुसार मुस्ताफिजुर रहमानको उपस्थिति, बंगलादेशी समर्थकले जर्सी लगाउन पाउने विषय र बंगलादेशमा हुन लागेको निर्वाचनका कारण सुरक्षा चुनौती हुनसक्ने आईसीसीले जनाएको छ।
उनले आफ्नो टोलीको मुख्य बलरबिना खेल्न वा समर्थकले जर्सी लगाउन नपाउने गरी भारत जानु अव्यवहारिक र तर्कहीन हुने भन्दै विरोध गरेका थिए।
यद्यपि, आईसीसीले नजरुलको दाबीलाई सामान्य सुरक्षा योजना र काल्पनिक परिदृश्यहरूको गलत व्याख्या भनेको छ। आईसीसीको प्रतिवेदनमा खेलाडी छनोटमा सर्त राख्ने वा समर्थकलाई जर्सी लगाउन रोक लगाउने जस्ता कुनै पनि कुरा उल्लेख नगरिएको बुझिएको छ।
बीसीबीले पनि पछि स्पष्टीकरण दिँदै यो प्रतिवेदन आईसीसीसँगको नियमित संवाद मात्र भएको र खेल सार्ने आफ्नो औपचारिक मागको जवाफ अझै आउन बाँकी रहेको बताएको छ।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप फेब्रुअरी ७ बाट सुरु हुँदैछ। बंगलादेशले आफ्ना सुरुवाती तीन खेल कोलकाता र अन्तिम खेल मुम्बईमा खेल्ने तालिका छ।
पछिल्लो समय दुई देशबिचको सम्बन्धमा आएको चिसोपन र आईपीएल टोलीबाट मुस्तफिजुर रहमानलाई हटाउने बीसीसीआईको निर्देशनपछि बंगलादेशले भारतमा खेल्न अस्वीकार गर्दै खेल सार्न माग गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण