बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नयाँ आईपीओ आउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

मङ्गलबार, २९ पुस २०८२, १० : ४८
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • निगालो होटल लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ।
  • कम्पनीले आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ।
  • नगरकोटमा अवस्थित होटलले १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ।

काठमाडौँ । निगालो होटल लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको हो ।

दुवै पक्षबीच भएको सम्झौतामा निगालो होटलका अध्यक्ष टिका राज बराल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

नगरकोटमा अवस्थित चारतारे निगालो होटलले जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ । परम्परागत हेरिटेज शैली र आधुनिक सुविधासहित सञ्चालन हुने होटलमा ६८ प्रिमियम कोठा, बैंक्वेट हल, रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिमलगायत सुविधा रहनेछन् ।

करिब १ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप