महामन्त्रीद्वयको प्रतिवेदनमाथि प्रदेश तथा जिल्लाका पदाधिकारीले सुझाव दिँदै
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पदाधिकारीहरूले सुझाव दिइरहेका छन्।
- लुम्बिनीका उपसभापतिले तल्लो तहबाट माथिल्लो तहमा जान पाउनुपर्ने माग गरे।
- मधेस प्रदेशका वीरेन्द्र साहले बजेट जनसङ्ख्याको आधारमा हुनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमाथि प्रदेश तथा जिल्लाका पदाधिकारीहरूले आफ्नो सुझाव दिइरहेका छन्।
लुम्बिनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा जान पाउनुपर्ने माग गरेका छन्। उनले कांग्रेसमा जहिले पनि माथिल्लो तहबाट मात्र सार्वजनिक पदमा जाने परिपाटी भइरहेको भन्दै यस्तो बताएका हुन्।
यस्तै मधेस प्रदेशका वीरेन्द्र साह सङ्घीय बजेट जनसङ्ख्याको आधार हुनुपर्ने बताएका छन्। प्रदेशमा क्लस्टरको आधारमा निर्वाचन प्रणाली हुनुपर्ने उनको भनाइ छ । सुनकोसी मरिन डाइभर्सन तराइलाई सिचाइका लागि विशेष व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
पार्टीमा दुई पटक प्रधानमन्त्री भएपछि हुन नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । पार्टीको तर्फबाट मन्त्री पदमा गएकाहरूको सार्वजनिक सम्पत्ति छानबिन हुनुपर्ने उनको भनाइ छ। पार्टीमा ३३ प्रतिशत महिलाहरू उम्मेदवार बनाउनुपर्ने र पार्टीबाट कारबाहीमा परेका व्यक्ति लाई कम्तिमा एक वर्ष निलम्बनमा राख्नुपर्ने उनको भनाइ छ।
विशेष महाधिवेशनको बन्द सत्रमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको उपस्थितिमा चार वटा समूहले समूहगत प्रस्तुति गरिसकेका छन् ।
अहिलेसम्म सुदूरपश्चिम कर्णाली, लुम्बिनी र मधेस प्रदेशको तर्फबाट समूहगत प्रस्तुति भइसकेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण