विशेष महाधिवेशन पक्षधरले अस्वाभाविक माग राखेको देउवा पक्षको दावी
सारांश
- नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बालुवाटारमा दुई पक्षबीच चार घण्टादेखि वार्ता जारी छ।
- विशेष महाधिवेशन पक्षधरले चुनावको टिकट र पार्टी पुनर्संरचनालगायतका विषयमा अस्वाभाविक माग राखेका छन्।
- देउवा पक्षले सबै माग पूरा गर्न नसकिने अडान लिएको छ, भने दुवै पक्ष सहमति खोज्ने प्रयासमा छन्।
काठमाडौँ । नेपाली कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षबिच बालुवाटारमा चार घण्टादेखि वार्ता जारी छ ।
विशेष महाधिवेशन पक्षधरका नेता प्रदीप पौडेलले बालुवाटारमा दुई पक्षबिच छलफल जारी रहेको बताए । ‘अहिले पनि वार्ता जारी छ, सहमति खोज्ने र मिलाउने प्रयासमा दुवै पक्ष लागिरहेका छौ’, पौडेलले वार्तास्थलबाट रातोपाटीलाई बताए ।
विशेष महाधिवेशन पक्षधर र देउवा पक्षका आ-आफ्नै तयारीले पार्टी विभाजनको दिशामा अघि बढेपछि विवाद समाधानको लागि भन्दै विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र देउवा पक्षले वार्ता समिति बनाएका थिए ।
विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे छन् ।
देउवा र शेखर कोइरालाका समेतको तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् ।
स्रोतका अनुसार वार्तामा विशेष महाधिवेशन पक्षधरले अस्वाभाविक माग राख्दा सहमति जुट्न कठिन भइरहेको छ ।
‘चुनावको टिकटमा पुर्णबहादुरको हस्ताक्षर हुनुपर्ने, विशेष महाधिवेशनको पूर्ण स्वामित्व पार्टीले लिनुपर्ने, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका पार्टी पुनरसंरचना सम्बन्धी प्रस्ताव स्वीकार गर्नुपर्ने प्रस्ताव उहाँहरूले ल्याउनुभएको छ’, देउवा पक्षबाट वार्तामा खटिएका एक नेताले भने, ‘त्यसबाहेक गुटगत ४० प्रतिशत भागबण्डा पनि दिनुपर्ने र देउवा सभापतिबाट हट्नुपर्ने प्रस्ताव आएका छन् जसले वार्ता लम्बिइरहेको छ ।’
विशेष महाधिवेशन पक्षधरको प्रस्ताव सबै पूरा गर्न नसकिने देउवा पक्षले अडान लिएको छ ।
‘हामीले मिलाएर जाऔं भनेका छौँ, सबै माग पूरा हुन पनि सक्दैनन् । सहमतिका लागि ‘गिभ एण्ड टेक’ को मोडालिटी अपनाउनुपर्छ भन्ने छ’, देउवा पक्षका एक नेताले रातोपाटीलाई बताए ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र जारी छ भने देउवा पक्षले दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण