कांग्रेस विशेष महाधिवेशन
कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया सुरु
मङ्गलबार, २९ पुस २०८२, १३ : १५
सारांश
- नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
- केन्द्रीय निर्वाचन समितिले मंगलबारबाट निर्वाचन कार्यक्रम अघि बढाएको छ।
- निर्वाचन समितिले विधान, नियमावली र निर्देशिकाअनुसार प्रक्रिया सुरु गरेको जनाएको छ।
काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबारबाट औपचारिक रूपमा निर्वाचनका कार्यक्रम अघि बढाएको जानकारी दिएको हो ।
काठमाडौँको भृकुटीमण्डपमा मंगलबार बसेको समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक सीताराम केसीको नेतृत्वमा बसेको बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाएको हो । समितिले मंगलबार नै सूचना प्रकाशित गरी विधिवत रूपमा प्रक्रिया सुरु भएको प्रस्ट पारेको छ ।
कांग्रेसको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६, विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ र निर्वाचन निर्देशिका २०८२ को अधीनमा रही निर्वाचन प्रक्रिया सुरु गरिएको संयोजक केसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण