सोलुखुम्बु, सुनसरी र झापामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
सारांश
- सवारी दुर्घटनामा परी सोलुखुम्बु, सुनसरी र झापामा चार जनाको मृत्यु भएको छ।
- सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा दुई जनाको र सुनसरीमा विङ्गरबाट लडेर एक जनाको मृत्यु भयो।
- झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, र घाइतेहरूको उपचार भइरहेको छ।
काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। सोलुखुम्बु, सुनसरी र झापामा सोमबार र मंगलबार भएका यी दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरून्दु नयाँपानीस्थित सडकमा सोमबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। बीएडी ७७४२ नम्बरको गाडी दुर्घटना हुँदा चालक २८ वर्षीय प्रदिप राई र गाडीमा सवार २८ वर्षीया कुशुम राईको मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य दुई जनाको फाप्लु र एक जनाको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै सुनसरीको कोशी गाउँपालिका–८ तीनकुनेस्थित सडकमा चल्तीको विङ्गर गाडीबाट लडेर सहचालकको मृत्यु भएको छ। प्र.१–०२–००१ ज ४७२४ नम्बरको गाडीबाट लडेका सप्तरीका ४५ वर्षीय श्याम नारायण यादवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–१३ तेलीबारीस्थित सडकमा मंगलबार बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मे.११ प ४८६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३३ वर्षीय गोकुल शेर्पाको ज्यान गएको हो।
भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। मोटरसाइकलमा सवार अर्का एक घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण