मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

बालुवाटारमा सुरु भयो कांग्रेस मिलाउने वार्ता

मङ्गलबार, २९ पुस २०८२, १५ : १६
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको विवाद मिलाउन दुई पक्षीय वार्ता बालुवाटारमा सुरु भएको छ।
  • विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिचको वार्ता भइरहेको छ।
  • पार्टी विभाजनबाट जोगाउनका लागि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भइरहेको छ।

काठमाडौँ । नेपाली कांग्रेसको विवाद मिलाउने प्रयासस्वरुप दुई पक्षीय वार्ता सुरु भएको छ । राजधानीको बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिचको वार्ता टोलीबिच दोस्रो चरणको वार्ता सुरु भएको हो । 

यसअघि आजै बिहान पनि वार्ता भएको थियो । तर, सो बैठकमा आ–आफ्नो कुरा राख्नेबाहेक ठोस प्रगति हुन सकेको थिएन । दोस्रो चरणको छलफलमा सहमति जुटाउन प्रयास हुने नेताहरूको भनाइ छ । 

कांग्रेसको देउवा समूहको असहयोगका बिच आइतबारदेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वान विशेष महाधिवेशन भइरहेको छ । उक्त महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्न लागेपछि पार्टी विभाजनबाट जोगाउने प्रयासस्वरुप वार्ता भइरहेको हो। 

वार्तामा विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन् । 

यस्तै देउवा र शेखर कोइराला समूहका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप