परराष्ट्रमन्त्री शर्मा र इजरायली राजदूत बासबिच भेटवार्ता, कूटनीतिक सम्बन्धको ६५ औँ वर्षगाँठ मनाउने
मङ्गलबार, २९ पुस २०८२, १७ : ०८
काठमाडौँ । नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गरेका छन् । मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध पक्षमा छलफल भयो ।
भेटका अवसरमा राजदूत बासले नवनियुक्त परराष्ट्रमन्त्री शर्मालाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । जवाफमा मन्त्री शर्माले राजदूतलाई स्वागत गर्दै नेपाल र इजरायलबिचको बढ्दो द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गरे ।
मन्त्री शर्माले यस वर्ष दुई देशबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वर्षगाँठ उत्साहका साथ मनाउन आफू इच्छुक रहेको बताए । साथै उनले नेपालमा राजदूतको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न मन्त्रालय र अन्य सम्बन्धित निकायबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण