बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुम्बई इन्डियन्ससँग गुजरात टाइटन्स पराजित

बुधबार, ३० पुस २०८२, ०९ : ३४
बुधबार, ३० पुस २०८२

सारांश

  • मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगमा गुजरात टाइटन्सलाई पराजित गर्दै अपराजित यात्रा कायम राख्यो।
  • खेलमा मुम्बईले गुजरातले दिएको १९३ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
  • कप्तान हरमप्रीत कौरको अर्धशतक र अन्य खेलाडीको योगदानले मुम्बईको जित सुनिश्चित गर्यो।

मुम्बई । महिला प्रिमियर लिग (डब्लूपीएल) को चौथो सिजनमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि आफ्नो अपराजित यात्रा कायमै राखेको छ। मंगलबार डीवाई पाटिल स्टेडियममा भएको खेलमा मुम्बईले गुजरातलाई पराजित गर्दै प्रतियोगितामा टोलीविरुद्ध लगातार आठौँ पटक जित हात पारेको हो। 

जारी सिजनमा गुजरातको यो पहिलो हार हो भने मुम्बईले तीन खेलमा दोस्रो जित दर्ता गरेको छ। टस जितेर पहिले बलिङ रोजेको मुम्बईले गुजरातले दिएको १९३ रनको लक्ष्य १९.२ ओभरमा मात्र ३ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो।

मुम्बईको जितमा कप्तान हरमप्रीत कौरले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। उनलाई अमनजोत कौरले ४०, निकोला केरीले ३८ र ह्याली म्याथ्युजले २२ रन बनाएर बलियो साथ दिए। 

गुजरातका लागि बलिङमा रेणुका ठाकुर, काशवी गौतम र सोफी डिभाइनले १-१ विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन।

यसअघि ब्याटिङ गरेको गुजरातका लागि जर्जिया वेयरहमले ४३, भारती फुलमालीले ३६, कनिका आहुजाले ३५ र बेथ मुनीले ३३ रनको योगदान दिएका थिए। गुजरातकी आयुषी सोनी ११ रन बनाउँदा रिटायर्ड हर्ट भइन्, जुन डब्लूपीएल इतिहासमै पहिलो पटक भएको घटना हो।

गुजरातले यो सिजनका सुरुवाती दुई खेलमा दिल्ली क्यापिटल्स र यूपी वारियर्सलाई हराए पनि मुम्बईको चुनौतीलाई भने तोड्न सकेन। डब्लूपीएलको इतिहासमा गुजरातले अहिलेसम्म मुम्बईलाई हराउन सकेको छैन। 

अर्कोतर्फ मुम्बईले बेङ्गलुरुसँग पराजित भए पनि दिल्ली र गुजरातलाई पन्छाउँदै तालिकामा आफ्नो स्थिति सुधार गरेको छ। टोली ४ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । गुजरात भने समान अंकसहित तेस्रो स्थानमा छ ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप