प्रधानन्यायाधीश राउत ३ दिनदेखि सशस्त्र प्रहरी अस्पतालमा उपचाररत
बुधबार, ३० पुस २०८२, १० : ४४
सारांश
- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन्।
- उनी सोमबार सशस्त्रको अस्पतालमा भर्ना भएका हुन्, उनलाई ज्वरो र पेट दुखेको छ।
- अक्सिजनको मात्रा कम भएका कारण उनी केही दिन अस्पतालमै रहनेछन्।
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् । उनी गत सोमबार बलम्बु स्थित सशस्त्रको अस्पतालमा भर्ना भएका हुन् ।
अस्पताल स्रोतका अनुसार राउतलाई ज्वरो र पेट दुःखेको छ । अक्सिजनको लेभल पनि कम भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
प्रधानन्यायाधीश आज तेस्रो दिन अस्पतालमा छन् । चिकित्सकहरूले हेरिरहेको र अझै केहीदिन अस्पताल बस्नुपर्ने अस्पतालका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण