रेलमाथि क्रेन खस्दा थाइल्यान्डमा २२ जनाको मृत्यु
सारांश
- थाइल्याण्डको नाखोन रत्चसिमा प्रान्तमा रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ७९ जना घाइते भएका छन्, जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।
- उद्धार कार्य जारी छ र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
बैंकक । थाइल्यान्डको नाखोन रत्चसिमा प्रान्तमा गुडिरहेको यात्रुबाहक रेलमाथि निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। घटनामा ७९ जना घाइते भएका छन् भने उनीहरूमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
१९५ सिट क्षमताको उक्त रेलमा दुर्घटनाका बेला कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। स्थानीय समयअनुसार बिहान करिब ९ बजे एक्सप्रेस रेल लाइनमा निर्माण कार्य भइरहेका बेला क्रेन रेलमाथि खसेको प्रहरी अधिकारीले बताएका छन्।
उद्धारकर्मीहरूले अहिलेसम्म १२ जनाको शव फेला पारेका छन्। दुर्घटनापछि एउटा कारमा आगलागी भएको र त्यसमा सवार सात जनाको मृत्यु भएको आशंका गरिएको छ। बाँकी यात्रुहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
दुर्घटनापछि रेल सेवा प्रभावित भएको छ भने घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण