‘भाइरल गोर्खे’लाई प्रिमिएरमा कसले के भने ?
सारांश
- बिहीबार प्रदर्शनमा आउने फिल्म ‘भाइरल गोर्खे’ को प्रिमियर गरिएको छ, जसमा कलाकार र रंगकर्मीको उपस्थिति थियो।
- प्रिमियरमा सौगात मल्ल र सृष्टि श्रेष्ठको अभिनयको प्रशंसा गरियो, र फिल्मले सामाजिक संजालको ट्रेन्डलाई व्यंग्य गरेको बताइएको छ।
- फिल्ममा पूजा शर्मा, सिसन बानियाँ लगायतले फिल्मको प्रशंसा गरे, र निर्देशक निगम श्रेष्ठले दर्शकको साथको अपेक्षा राखेका छन्।
काठमाडौँ । बिहीबार प्रदर्शनमा आउन लागेको फिल्म ‘भाइरल गोर्खे’ प्रिमिएर गरिएको छ । मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा फिल्मकर्मी, रंगपत्रकारलगायतको उपस्थितिमा फिल्म प्रिमिएर गरिएको हो । प्रिमियरमा फिल्मका मुख्य कलाकार सृष्टि श्रेष्ठ नेवारी पोसाकमा पुग्दा अभिनेता सौगात मल्ल नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवालमा ठाँटिएर आएका थिए ।
अभिनेत्री पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेत लगायतको समेत उपस्थिति रहेको कार्यक्रममा निर्देशक निगम श्रेष्ठ, निर्माताहरू ऋमित श्रेष्ठ, महेश लामिछाने र सहनिर्माता शुभेच्छा पौडेल पनि सहभागी थिए ।
प्रिमियरमा सहभागीले अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनयको प्रशंसा गरेका थिए । कतिपयले ‘भाइरल गोर्खे’ले सामाजिक संजालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई राम्रोसँग व्यङ्ग्य गरेको बताए ।
अभिनेत्री पूजा शर्माले ‘भाइरल गोर्खे’ मनोरञ्जनसहित सन्देशमुलक फिल्म भएको बताइन् । चर्चित भ्लगर तथा मोडल सिसन बानियाँले पनि ‘भाइरल गोर्खे’ हेरेर आनन्द मिलेको बताए । फिल्म हेरेर हलबाट निस्कँदै गर्दा मिडियासँग उनले भने, ‘पछिल्लो समय नेपालमा भाइरल बन्ने ट्रेण्ड प्रचलनमा रहेकाले त्यसमाथी सुन्दर फिल्म बनेको रहेछ ।
अभिनेता सौगात र अभिनेत्री सृष्टि श्रेष्ठले प्रिमियरको प्रतिक्रियाले उत्साहित बनाएको बताए । ‘मैले फिल्मका लागि निकै मेहनत गरेको थिए । आज त्यो मेहनतको प्रतिफल सुन्दर निस्केको छ’, अभिनेत्री श्रेष्ठले भनिन् ‘अव दर्शकको साथ र उत्कृष्ट प्रतिक्रियाको अपेक्षा छ ।’ फिल्ममा दर्शकको राम्रो साथ मिल्छ भन्नेमा आशावादी रहेको उनले सुनाइन् ।

निर्देशक निगम श्रेष्ठ पनि प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेपछि प्रशन्न मुद्रामा देखिएका थिए । ‘मैले सक्दो मेहनत गरेको छु । आज तपाईँहरूलाई मन पर्यो । दर्शकलाई पनि मन पर्छ भन्नेमा विश्वस्त छु,’ उनले भने ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिको अलवा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पविको अभिनय छ । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ्ग कुँवर फिल्मका निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण