राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख म्यासेज गर्ने निर्देश सेढाईं पक्राउ
सारांश
- प्रहरीले प्रदेश संरचना हटाउन माग गर्दै एसएमएस पठाउने निर्देश सेढाईंलाई पक्राउ गरेको छ।
- सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ५० लाख एसएमएस पठाएको स्वीकार गरेका छन्।
- उनले पठाएको म्यासेजमा संवैधानिक राजसंस्था स्थापनाको लागि आह्वान गरिएको थियो।
काठमाडौँ । मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइलमा ग्रुप म्यासेज पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । चितवन घर भएका सेढाईंलाई मंगलबार राति काठमाडौँको हात्तीसारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
गाडी व्यवसाय गर्दै आएका ३४ वर्षीय सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरेर ‘एटी अलर्ट’ मार्फत ५० लाख एसएमएस पठाएका थिए । सेढाईंले ५० लाख मानिसलाई म्यासेज गरेको स्वीकारेको एसपी आचार्यले जानकारी दिए ।
उनले म्यासेज पठाएर जनतालाई आतङ्कित पारेको आरोप छ । सेढाईंले पठाएको म्यासेजमा भनिएको थियो, ‘नेपालका सबै समस्याहरूको सँधैका लागी मुक्तिको निम्ति प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचना सहितको सनातन संवैधानिक राजसंस्था स्थापनाको लागि निमन्त्रणा गर्न चाहन्छु ।’
सेढाईंले पुस ३० गते १२ बजे बालुवाटारमा उपस्थित हुन म्यासेजमार्फत आह्वान गरेका थिए । निषेधित क्षेत्रमा अनिश्चित कालको लागि उपस्थित हुन आग्रह गरेका उनलाई सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गरिने एसपी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण