थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २८ जनाको मृत्यु
काठमाडौं । थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा कम्तीमा २८ जनाको मृत्यु भएको छ । घटनामा ६४ जना घाइते भएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
बुधबार बिहान बैंककको नोङ नाम खुन स्टेसनबाट देशको उत्तरपूर्वी प्रान्त नाखोन रात्चासिमातर्फ छुटेको रेलमा क्रेन खसेको थियो । क्रेन खस्दा रेल नै आधा चिरा भएको थियो । थाइल्याण्डलाई चीनसँग जोड्ने तीव्र गतिको रेल्वे ट्र्याक निर्माणको काममा उक्त क्रेन प्रयोग गरिएको थियो ।
क्रेन खस्दा रेलको एउटा डब्बा लिकबाट बाहिर खसेको र अर्कोमा आगो लागेको बताइएको छ । दुघर्टनाको समयमा रेलमा अधिकांश विद्यार्थी र कामदारहरू सवार थिए । अधिकारीहरूले मृतकको पहिचान गरिरहेको र घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको थाइल्याण्डका उपप्रधान तथा यातायात मन्त्री फिपट रत्चकितप्रकर्णले जानकारी दिएका छन् । स्टेट रेल्वे अफ थाइल्यान्डका गभर्नरले यस घटनामाथि विस्तृत छानबिन गर्न आदेश दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण