‘कांग्रेसको विभाजन लोकतन्त्रका लागि सुखद् अनुभूति हुनेछैन’
काठमाडौँ । नेपाल प्रेस युनियनले नेपाली कांग्रेसलाई विभाजन नभई एकताको यात्रा तय गर्न आग्रह गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेसभित्रको विवादले पार्टी फुट्न नहुनेमा जोड दिएका हुन् ।
मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी गम्भीर आन्तरिक संक्रमणबाट गुज्रिरहेको भन्दै युनियनले चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई निर्वाचनमार्फत मूलधारमा ल्याउने र संविधानको संरक्षण गर्ने मूल कार्यभारबाट विचलित भएर कांग्रेसको विभाजन हुनु लोकतन्त्रका लागि सुखद् अनुभूति हुनेछैन ।’
लोकतन्त्रमा राजनीतिक दलहरू जति सुदृढ हुन्छन्, लोकतान्त्रिक अभ्यास उति नै समृद्ध बन्ने युनियनको ठहर छ । दलहरूको विभाजनले मुलुक र लोकतन्त्र दुवैको हित नगर्ने भन्दै युनियनले कांग्रेसका सबै जिम्मेवार नेताहरूलाई लोकतन्त्र र मुलुकको भविष्य केन्द्रमा राखेर निर्णय लिन सुझाव दिएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हितका लागि लोकतान्त्रिक शासन व्यवस्था जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष लम्सालले बहुदलीय लोकतन्त्रले नै सञ्चार क्षेत्रको सरोकार बुझ्ने बताए ।
उनले देशभरका युनियनमा आबद्ध पत्रकारहरूलाई पनि विचलित नभई पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण