देवघाटधाममा माघे संक्रान्तिको रौनक: तीन लाख भक्तजन आउने अनुमान
सारांश
- देवघाटधाममा माघे संक्रान्ति मेला सुरु भएको छ, जहाँ भक्तजनको चहलपहल बढेको छ।
- मेलामा तीन लाख भक्तजनले स्नान गर्ने अनुमान गरिएको छ, सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको छ।
- धुम्रपान, मदिरा र सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाइएको छ, र भक्तजनको सुरक्षालाई प्राथमिकता दिइएको छ।
तनहुँ । चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको ठूलो चहलपहल सुरु भएको छ। बुधबार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको औपचारिक शुभारम्भ गरिएसँगै बुधबार रातिदेखि नै देशका विभिन्न भागबाट भक्तजन आउने क्रम बढेको छ। देवघाट क्षेत्र विकास समितिका अनुसार यस वर्षको मेलामा झन्डै तीन लाख भक्तजनले पवित्र स्नान गर्ने अनुमान गरिएको छ।
पवित्र त्रिशूली र कालीगण्डकी नदीको मिलनस्थल देवघाटमा माघ महिनाभर स्नान गर्नाले पुण्य प्राप्ति हुने र विशेष गरी मकर संक्रान्तिका दिन यहाँको स्नानको ठूलो धार्मिक महत्त्व रहने विश्वास गरिन्छ। भक्तजनको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै क्षेत्र विकास समितिले तीनवटै जिल्लाका प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी विशेष प्रबन्ध मिलाएको छ। मेला अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
यातायात व्यवस्थापनका लागि चितवनतर्फबाट रामनगर वा दासढुङ्गा भएर देवघाट प्रवेश गर्ने र फर्कदा बागेश्वरी हुँदै आँपटारी निस्कने गरी एकतर्फी रुट तय गरिएको छ। मुग्लिनतर्फबाट आउने सवारीसाधनका लागि दासढुङ्गाबाट सिधै प्रवेश र सोही बाटो फिर्ता हुने व्यवस्था छ। सवारी पार्किङका लागि सीताराम संस्कृत माविको परिसर र दाहसंस्कार स्थल नजिकैको बसपार्क तोकिएको छ। तनहुँतर्फबाट आउने पैदल यात्रुलाई पनि आवतजावतका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरिएको छ।
मेला क्षेत्रलाई व्यवस्थित बनाउन देवघाटधाममा धुम्रपान, मदिरा र सुर्तीजन्य पदार्थको बिक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। भक्तजनको सुरक्षाका लागि वेणीमा नुहाउने ठाउँलाई डोरीले घेरेर सुरक्षित क्षेत्र छुट्ट्याइएको छ र गहिरो भागमा जान निषेध गरिएको छ। नदीमा पानीको बहाव र गहिराइलाई ध्यानमा राख्दै जोखिमपूर्ण स्थानमा खतराको संकेत समेत राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण