आपसमा भिड्दै ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’
सारांश
- बिहीबार तीन नेपाली फिल्म 'गोबर गणेश', 'मिरमिरे' र 'भाइरल गोर्खे' एकसाथ रिलिज भएका छन्।
- 'गोबर गणेश' मा आमाको लागि संघर्ष गर्ने युवाको कथा, 'मिरमिरे' मा बाबु-छोरीको सम्बन्ध, र 'भाइरल गोर्खे' मा सामाजिक सञ्जालको कथा प्रस्तुत छ।
- फिल्महरूमा बल्छी ध्रुवे, दयाहाङ राई, सौगात मल्ल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौँ । बिहीबारदेखि एकसाथ तीन फिल्म प्रदर्शनमा आएको छ । ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ एकापसमा भिड्नेगरी प्रदर्शनमा आएका हुन् ।
नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा रहँदै आएको छ । तर आज माघे सङ्क्रान्ति भएकाले बिहीबार नै यी सबै फिल्म प्रदर्शनमा आएको बताइएको छ ।
यी तीन फिल्मले हलमा शो भने फरक फरक पाएका छन् । ‘गोबर गणेश’मा सामाजिक विषयवस्तु,‘मिरमिरे’मा पारिवारिक भावना र ‘भाइरल गोर्खे’ मा समसामयिक विकृतिलाई उतारिएको निर्माण पक्षको भनाइ छ ।
गोबर गणेश
एक युवाले आमाको लागि गर्ने सङ्घर्षको कथामा ‘गोबर गणेश’ बनेको हो । हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशन रहेको फिल्मले गाउँबाट सपना बोकेर सहर छिरेको एक युवकको काठमाडौँ छिरेपछि कसरी सपना चकनाचुर हुन्छन् र उसले जीवन धान्न कति सङ्घर्ष गर्नुपर्छ भन्ने समेत देखाइएको छ । बल्छी ध्रुवेको यो निर्देशनमा डेब्यु फिल्म हो ।
फिल्ममा बल्छी ध्रुवेकै मुख्य भूमिका छ । वर्षा सिवाकोटी, निर्मल शर्मा, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतको सशक्त अभिनय पनि फिल्ममा देख्न सकिन्छ । बल्छी ध्रुवे फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई आम नेपाली युवाको कथा भएको दाबी गरिएको छ । फिल्म पनि बल्छी ध्रुवेले नै निर्माण गरेका हुन् ।
मिरमिरे
बाबु–छोरीको सम्बन्ध र त्रिकोणात्मक प्रेम कथा ‘मिरमिरे’ले पस्किएको छ । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले आमाको अभावमा छोरीले महसुस गर्ने रिक्तता र बाबुले निर्वाह गर्ने दोहोरो भूमिका पनि देखाउनेछ । फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जनाबिचको त्रिकोणात्मक प्रेमकथा पनि समेटिएको छ । फिल्ममा माओत्से गुरुङ, भोलाराज सापकोटा, छुल्ठिम गुरुङ लगायतको अभिनय पनि देख्न सकिन्छ । यार्सा फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मको निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् ।
भाइरल गोर्खे
सामाजिक सञ्जालमा ‘भाइरल’ बन्नका लागि मानिसहरूले गर्ने हर्कत र त्यसले निम्त्याउने कथामा फिल्म ‘भाइरल गोर्खे’ निर्माण भएको छ । फिल्मले वर्तमान सामाजिक सञ्जालको अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ ।
निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । पर्दा बाहिरको सम्बन्धमा उतार चढाव आए पनि यो जोडी पर्दामा भने एकसाथ देखिँदै आएका छन् ।
फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र सामाजिक सञ्जालकी चर्चित पात्र ‘मिस पवि’ को समेत अभिनय रहेको छ । फिल्मका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ्ग कुँवर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण