युएईको कलेजमा पढ्न पठाउँछौँ भनेर ठगेको आरोपमा ६ जना कन्सल्टेन्सीका सञ्चालक पक्राउ
सारांश
- प्रहरीले युएईमा कलेज पठाएर फ्रान्स र अस्ट्रेलिया ट्रान्सफर गरिदिने भन्दै ठगी गर्ने कन्सल्टेन्सीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा बेष्ट पाथ एजुकेसन, मर्सि एजुकेसन कन्सल्टेन्सी, सिटीहब एजुकेसन र कान्तिपुर अबरोड कन्सल्टेन्सीका सञ्चालकहरू छन्।
- कन्सल्टेन्सी सञ्चालकले विद्यार्थीबाट प्रतिव्यक्ति ८ देखि २२ लाखसम्म असुलेको पीडितको भनाइ छ, जसमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।
काठमाडौँ । विद्यार्थीहरूलाई युएईको कलेजमा पढ्न पठाउने र त्यहाँबाट फ्रान्स र अस्ट्रेलिया ट्रान्सफर गरिदिने भन्दै ठगेको आरोपमा प्रहरीले ६ जना कन्सल्टेन्सीका सञ्चालकहरूलाई पक्राउ गरेको छ । १३ जना विद्यार्थीहरूलाई ठगेको आरोपमा ६ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी डा.मनोज केसीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ मा सञ्चालित बेष्ट पाथ एजुकेसन प्रालिका सञ्चालक २९ वर्षीय कृष्ण थापा, काठमाडौँ–७ मा सञ्चालित मर्सि एजुकेसन कन्सल्टेन्सीका सञ्चालक रामचन्द्र टन्डन, काठमाडौँ–३१ स्थित सिटीहव एजुकेसन नेटवर्कका सञ्चालक सुवास सिलवाल क्षेत्री, लजिम्पाटस्थित कान्तिपुर अबरोड कन्सल्टेन्सीका सञ्चालक ४८ वर्षीय हेमराज भट्ट र कान्तिपुर कै अर्का सञ्चालक ४८ वर्षीय दामोदर ढकालसहित ६ जना छन् ।
कन्सल्टेन्सी सञ्चालकहरूले उच्च शिक्षा अध्ययन गराउने नाममा युएईको ट्रेनिङ्क इन्स्टिच्युटहरूमा पठाएर प्रतिव्यक्ति ८ लाख देखि २२ लाखसम्म लिएको पीडितहरूले दाबी गरेका छन् । पुस ३० मा पक्राउ गरेका उनीहरूमाथि ब्युरोले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण