भक्तपुरसहित विभिन्न स्थानमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
सारांश
- भक्तपुरमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ, चालक नियन्त्रणमा।
- जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ, अनुसन्धान जारी छ।
- अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्को एक जना घाइते।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–९ साँगा झोलुङ्गे पुल नजिकै बुधबार दिउँसो बा.प्र. ०१-००६ ख ४८९४ नम्बरको बस र बा.प्र.०२-०४५ प १४२१ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा ६० वर्षीय दिल बहादुर ठकुरीको मृत्यु भएको हो।
काठमाडौँ बुढानिलकण्ठका ठकुरीको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो भने घाइते स्कुटर चालकको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
यसैगरी, जाजरकोटको छेडागाड नगरपालिका–५ रातिपोरी भिर नजिकै बुधबार राति ट्याक्टर दुर्घटना हुँदा चालक ३१ वर्षीय नर बहादुर लुहारको मृत्यु भएको छ। मनघाटबाट खारा बजारतर्फ जाँदै गरेको भ.१ द ६५ नम्बरको ट्याक्टर सडकमा दुर्घटना भएपछि गम्भीर घाइते भएका लुहारको नगर अस्पताल बडाबनमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको थप कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।
त्यस्तै, अछामको मेल्लेख गाउँपालिका–७ मा बुधबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ४२ वर्षीय उज्जल बहादुर बोहराको ज्यान गएको छ। सु.प.प्र.०३-००१ प ०६०१ नम्बरको मोटरसाइकल चालक बोहराको प्रादेशिक अस्पताल बयलपाटामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
सबै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण