डिफेन्डिङ च्याम्पियन मुम्बईलाई हराउँदै यूपी वारियर्सको पहिलो जित
सारांश
- यूपी वारियर्सले महिला प्रिमियर लिग (डब्लूपीएल) को चौथो सिजनमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै पहिलो जित हासिल गर्यो।
- मुम्बई इन्डियन्सले दिएको १६२ रनको लक्ष्य पछ्याएको यूपीले हरलिन देओलको ६४ रनको उत्कृष्ट पारीको मद्दतले १८.१ ओभरमा जित हासिल गर्यो।
- मुम्बई इन्डियन्सका लागि न्यट सिभर ब्रन्टले ६५ रन बनाए पनि टोलीले चौथो सिजनमा दोस्रो हार बेहोर्यो।
मुम्बई । महिला प्रिमियर लिग (डब्लूपीएल) को चौथो सिजनमा लगातार तीन हार बेहोरेको यूपी वारियर्सले पहिलो जित दर्ता गरेको छ।
बिहीबार नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा भएको खेलमा यूपीले साविक विजेता मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १६२ रनको लक्ष्य यूपीले १८.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा १६१ रन बनाएको थियो। मुम्बईको सुरुवात निकै सुस्त रह्यो र पावरप्लेमा कुनै विकेट नगुमाए पनि टोलीले मात्र ३६ रन जोड्यो।
जी कमलिनीले ५ रन र कप्तान हरमनप्रीत कौरले १६ रन मात्र बनाउन सके पनि अमनजोत कौरले ३८ रनको योगदान दिइन्। १३ ओभरमा ७८ रन बनाउँदा ३ विकेट गुमाएको मुम्बईको इनिङ्सलाई न्यट सिभर ब्रन्ट र निकोला केरीले उकासे।
ब्रन्टले ४३ बलमा ६५ रनको विष्फोटक पारी खेलिन् भने केरी ३२ रनमा अविजित रहिन्। यूपीका लागि शिखा पाण्डे, दीप्ति शर्मा, सोफी एकलस्टन र आशा शोभनाले १–१ विकेट लिए।
१६२ रनको लक्ष्य पछ्याएको यूपीलाई कप्तान मेग लेनिङ र किरण नवगिरेले मजबुत सुरुवात दिलाए। लेनिङ २५ र नवगिरे १० रन बनाएर आउट भएपछि फीबी लिचफिल्ड र हरलिन देओलले पारी सम्हाले। लिचफिल्ड २५ रन बनाएर आउट भएपछि टोलीलाई ३० बलमा ४४ रन आवश्यक थियो।
यस्तो अवस्थामा हरलिनले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितको नजिक पुर्याइन्। उनले संस्कृति गुप्ताको ओभरमा तीन चौका प्रहार गर्दै १५ रन बटुलेकी थिइन्।
हरलिन देओल ६४ रन र क्लो ट्रायोन २७ रनमा अविजित रहँदै टोलीलाई १८.१ ओभरमै जित दिलाए। मुम्बईका लागि न्यट सिभर ब्रन्टले २ विकेट र अमेलिया करले १ विकेट लिए।
चौथो सिजनमा मुम्बई इन्डियन्सको यो दोस्रो हार हो भने गुजरात, बेंगलुरु र दिल्लीसँग पराजित भएको यूपीका लागि यो सुखद पहिलो जित हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026