रोकेर राखेको रास्वपा केन्द्रीय सदस्य परियारको गाडी तोडफोड
शुक्रबार, ०२ माघ २०८२, ११ : ५१
सारांश
- गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको छ।
- भिमसेन थापा गाउँपालिकामा अज्ञात व्यक्तिले गाडी तोडफोड गरेका हुन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र गाडीको पछाडिको सिसा फुटाइएको छ।
काठमाडौँ । गोरखामा रोकेर राखेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड गरिएको छ । भिमसेन थापा गाउँपालिका–३ मा अज्ञात व्यक्तिले गए राति गाडी तोडफोड गरेका हुन् । परियारले आफ्नो गाडी तोडफोड भएको बारेमा प्रहरीलाई जानकारी गराएका छन् ।
चउरमा रोकेर राखेको अवस्थामा गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए । उनका अनुसार नियोजित समूहले गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरेका होइनन् । बिहीबार गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल कार्यक्रम थियो ।
गाडीको पछाडिको भागको सिसा फुटाइएको छ । गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण