रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सारांश
- रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरियो।
- निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लाग्ने कुरा मुख्य निर्वाचन अधिकृतले बताए।
- रुपन्देहीमा फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाइएको छ, जसमा ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेका छन्।
बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) स्थित बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले कार्यालय स्थापना गरिएको जानकारी दिए । बस्नेतले निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताए । उनले निर्वाचन राजनीतिक दलहरूको उत्सव समेत भएको बताए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । आज जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिइन्।
रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र रहेको उनले बताइन् । जिल्लामा ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष र ९ जना अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण