बौद्धमा उज्यालो नेपालको बृहत् भेला : ७ सयभन्दा बढी नेता- कार्यकर्ता पार्टी प्रवेश
सारांश
- काठमाडौंको बौद्धमा उज्यालो नेपाल पार्टीको बृहत् भेला सम्पन्न भयो, जसमा एक हजारभन्दा बढी मानिसको सहभागिता थियो।
- भेलामा वक्ताहरूले सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउने र देशलाई उज्यालो बनाउने प्रतिबद्धता व्यक्त गरे।
- कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७ सयभन्दा बढी नेता तथा कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश गरे।
काठमाडौँ । काठमाडौँको बौद्धमा उज्यालो नेपाल पार्टीको बृहत् भेला सम्पन्न भएको छ । सिन्धुपाल्चोक घर भई विगत लामो समयदेखि काठमाडौँमा बसोबास गर्दै आएका करिब एक हजारभन्दा बढी व्यक्तिहरूको सहभागितामा उक्त भेला सम्पन्न भएको हो ।
भेलामा सहभागी वक्ताहरूले यस पटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढता व्यक्त गरे। उनीहरूले विकास, सुशासन र परिणाममुखी राजनीतिका लागि उज्यालो नेपाल अपरिहार्य विकल्प भएको धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रहेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक दल परित्याग गरी ७ सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेको जानकारी दिए।
नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष घिसिङले भने-‘अब देश विकास गर्ने जिम्मेवारी उज्यालो नेपाल पार्टीले लिन्छ। विकास डेलिभरी, सुशासन र परिणाम देखाउने क्षमता उज्यालो नेपाल बाहेक अरू कुनै पार्टीसँग छैन।’
उनले थपे, ‘उज्यालो नेपाल पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित हुन अब कसैले रोक्न सक्दैन।’ भेलाले सिन्धुपाल्चोक लगायत देशभर उज्यालो नेपाल पार्टीप्रति जनसमर्थन बढ्दै गएको स्पष्ट सन्देश दिएको सहभागीहरूको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण