गगन थापा समूहको दाबी : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेका हाैँ
सारांश
- गगन थापा समूहले पार्टीको विशेष महाधिवेशन बोलाउन निर्वाचन आयोगलाई जानकारी गरायो।
- उपसभापति विश्वप्रकाश शर्माले देउवा समूहको कारबाही विधानसम्मत नभएको बताए।
- शर्माले निर्वाचन आयोगलाई आन्दोलनको धम्कीबाट प्रभावित नहुन आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूहले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुपरेको अवस्थाबारे जानकारी गराएको छ ।
विशेष महाधिवेशनबाट चयन भएका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन गर्न नखोजेपछि आफूहरूले आह्वान गरेर सम्बोधन गरेको बताए ।
निर्वाचन आयोगमा भएको छलफलमा उपसभापति शर्माले शेरबहादुर देउवा समूहले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको पनि आयोगमा बताए ।
विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै कांग्रेसको आधिकारिक रहेको दाबी उनको छ । ‘कारबाही गर्ने कुरा कानुनसम्मत छैन । हामीले विशेष महाधिवेशन मागकर्ताहरूले विधानअनुसार नै गरेको हो,’ शर्माले भने, ‘नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन खारेज भयो भन्ने तर्क सही भएन ।’
उपसभापति शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने भन्नेमा आफू विश्वस्त रहेको पनि बताए ।
शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसबारे व्यङ्ग्य गर्दै शर्माले यस्तो बताएका हुन् ।
‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौँ,’ शर्माले भने, निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौँ भनेर केहीबेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौँ । निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण