कांग्रेसको नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पारोस्: बाबुराम भट्टराई
काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई औपचारिक मान्यता दिएसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसमा भएको विधिसम्मत नेतृत्व पुस्तान्तरणको स्वागत गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले देशको उदारवादी लोकतान्त्रिक धार बोकेको पुरानो पार्टी कांग्रेसमा सम्पन्न नेतृत्व परिवर्तनलाई सकारात्मक कदमको रूपमा उल्लेख गरेका हुन् । उनले कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अन्य राजनीतिक दलहरूमा पनि सकारात्मक प्रभाव पारोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।
‘देशको उदारवादी लोकतान्त्रिक धारको पुरानो पार्टी कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पारोस्,’ भट्टराईले लेखेका छन्।
साथै भट्टराईले बहुदलीय लोकतन्त्र प्रतिस्पर्धा र सहकार्य दुवैको उचित समन्वयमा रहेको उल्लेख गर्दै यसबारे सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘बहुदलीय लोकतन्त्र भनेको दलहरूबिच प्रतिस्पर्धा र सहकार्य दुवैको उचित समन्वय हो भन्ने सबैमा हेक्का रहोस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण