बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

सरकार र प्रसाईँबिच सहमति: कर्मचारीको तलब २० हजार बढाउने विषयमा सरकारले ‘सकारात्मक निर्णय गर्ने’

शनिबार, ०३ माघ २०८२, ०१ : १७
शनिबार, ०३ माघ २०८२

सारांश

  • सरकार र दुर्गा प्रसाईँबीच भएको १२ बुँदे सहमतिमा निजामती कर्मचारीको तलब वृद्धिको विषय समेटिएको छ।
  • सहमतिअनुसार निजामती कर्मचारी, सेना, प्रहरी र सशस्त्र प्रहरीको तलब २० हजार रुपैयाँ बढाउने माग गरिएको छ।
  • सरकारले आगामी आर्थिक वर्षको बजेटमा वित्तीय स्रोतको आधारमा तलब वृद्धिको विषयमा सकारात्मक विचार गर्ने जनाएको छ।

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबिच शुक्रबार भएको १२ बुँदे सहमतिमा निजामती कर्मचारीको तलब वृद्धिको विषय पनि समेटिएको छ ।

सहमतिमाअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मासिक तलब २० हजार रुपैयाँ वृद्धि गर्ने मागलाई सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा वित्तीय स्रोतको उपलब्धताका आधारमा सकारात्मक रूपमा विचार गर्ने जनाएको छ ।

‘निजामति कर्मचारी, सेना, प्रहरी, र सशस्त्र प्रहरीहरूले हाल प्राप्त गरिरहेको तलबमा २० हजार बढाउने सम्बन्धमा सरकारले आगामी आर्थिक वर्षको बजेट तयारी गर्दा उपलब्ध वित्तीय स्रोतको आधारमा सकारात्मक निर्णय गर्ने छ,’ सहमतिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप