हामीमाथि घेराबन्दी र आक्रमण तीव्र छ, टिकटमा विवाद नगरौँ : नेता रिमाल
सारांश
- एमाले नेता विष्णु रिमालले पार्टीको टिकट वितरणमा विवाद नगर्न आग्रह गरेका छन्।
- उनले निर्वाचनमा पार्टीलाई जिताउन सबै नेता कार्यकर्तालाई एकजुट हुन आह्वान गरे।
- रिमालले यो निर्वाचनलाई 'जलाउने' र 'जोगाउने' बीचको जनमत संग्रहको रूपमा व्याख्या गरे।
काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिमालले पार्टीले वितरण गरेको टिकटमा विवाद नगर्न नेता कार्यकर्तालाई सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'आम निर्वाचनमा पार्टीले चुनाव लड्छ। हामी पार्टीका नेता–कार्यकर्ता पार्टीलाई जिताउन दिलोज्यानले सक्रिय हुन्छौँ—कोही उम्मेदवारको रूपमा, कोही परिचालक–प्रचारकको रूपमा। जुनसुकै हैसियतमा सक्रिय भए पनि हाम्रो भूमिका एउटै हो। हामी एक लयमा अघि नबढ्दा न ‘लड्ने’ले जित्छौँ, न त ‘लडाउने’ले नै जस पाउँछौँ।'
उनी थप लेख्छन्– 'कसले टिकट पायो भन्ने विषय छोडौँ—यसपालि नपाउनेले अर्को पालि पाउँछ। यतिखेर धेरै कुरा मिलाउन बाँकी छन्। हामीमाथिको घेराबन्दी र आक्रमण तीव्र छ। त्यसैले महसुस गरौँ—एकताबद्ध भएर आम निर्वाचनमा हाम्रो पार्टीलाई नम्बर १ पार्टी बनाऔँ। जबसम्म एमाले निर्णायक राष्ट्रिय शक्ति बन्दैन, रूपान्तरण गर्न बाँकी रहेका हाम्रा कामहरू पूर्ण हुने छैनन्। नभुलौँ—यो चुनाव ‘जलाउने’ र ‘जोगाउने’, ‘भत्काउने’ र ‘बनाउने’ बिचको जनमत सङ्ग्रह पनि हो।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण