माधवनारायण स्वस्थानीका व्रतालुहरू परदेश यात्रामा, आज बिहान पशुपतिमा पूजा (तस्बिरहरू)
सारांश
- माधवनारायण स्वस्थानी व्रतका व्रतालुहरूले पशुपतिनाथमा पूजापाठ गरे।
- व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ, जसमा विशेष विधिहरू छन्।
- व्रत अवधिमा भक्तजनहरू विभिन्न तीर्थस्थलहरूमा पैदल यात्रा गर्छन्।
काठमाडौँ । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रा अन्तर्गत आज बिहान पशुपतिमा पूजा गरेका छन्। बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका हुन्।
पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू मंगलबार साँझै पशुपतिनाथ आएका हुन्। एक महिने माधवनारायण स्वस्थानीका व्रतालु अनुष्ठानकर्ताहरू एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन्।
_deedZi7nTx.jpg)
पौष शुक्ल पूर्णिमादेखि सुरू भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हातरगोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।
_H4bAiWmxAQ.jpg)
मन्त्रोच्चारण गरेपछि शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। माधव नारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ। स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ।
_3Ee9lWdlNt.jpg)
एक महिने व्रत अवधिमा अनुष्ठानकर्ताहरू पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायत तीर्थस्थलमा पैदलयात्रामार्फत् दर्शनका लागि जाने गर्छन्। तस्बिर : नेपाल फोटो लाइब्रेरी
_khwfzbCJy1.jpg)
_ennYJkvHNa.jpg)
_2JC58MK3IM.jpg)
_zw1PmLrmsT.jpg)
_mG2oAqKoa8.jpg)
_v3dcUAWDqD.jpg)
_dbw16sWT1F.jpg)
_7EtB2kD2EZ.jpg)
_2UyF6zsv2r.jpg)
_emJOpbBZdW.jpg)
_Rv81Vq6cc7.jpg)
_ZmYEhsvlpS.jpg)
_14erLJyZUj.jpg)
_2KMOo2a8Kp.jpg)
_xUPCMGP7ku.jpg)
_yp0HOva1fA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण