पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
सारांश
- महिला टी-२० ग्लोबल क्वालिफायरमा थाइल्याण्डले नेपाललाई ८ विकेटले पराजित गर्यो।
- कीर्तिपुरमा भएको खेलमा थाइल्यान्डले १६ ओभर ५ बलमा लक्ष्य भेट्टायो, जसमा नथाकन चन्थामले ५७ रन बनाए।
- टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १२२ रन बनायो, जसमा विन्दु रावलले ४४ रनको योगदान दिइन्।
काठमाडौँ । आइसीसी महिला टी-२० ग्लोबल क्वालिफायरमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली थाइल्याण्डसँग पराजित भएको छ ।
आइतबार भएको पहिलो खेलमा थाइल्यान्डले नेपाललाई ८ विकेटले पराजित गर्दै विश्वकप ग्लोबल छनोटमा सुखद सुरुवाद गरेको हो ।
कीर्तिपुर स्थित क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा टस जितेर जवाफी ब्यटिङ गरेको थाइल्यान्डले १६ ओभर ५ बलमा लक्ष्य भेटाएको हो ।
थाइल्यान्डका लागि ओपनर नथाकन चन्थामले ३९ बलमा ९ चौका र एक छक्कासहित ५७ रनको पारी खेले । त्यस्तै अफिसरा सुवानचोनराथीले २८ रनको योगदान गरिन् । थाइल्यान्डका लागि नन्नापात कोनचारोयकाईले ३२ रन बनाइन् ।
नेपालका लागि सीता राना मगरले २ विकेट लिइन्। यो जितसँगै सँगै थाइल्यान्डले प्रतियोगितामा २ अङ्क जोडेको छ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।
नेपालका लागि ओपनर विन्दु रावलले ५६ बलमा ६ चौकासहित ४४ रनको पारी खेलिन । त्यस्तै सम्झना खड्काले २६ रनको योगदान गरिन् । नेपालकी रुवीना क्षेत्रीले १७ रन जोड्दा उप–कप्तान पूजा महतोले १२ रन बनाइन् ।
थाइल्यान्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोङ्ग्रातानाले समान एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण