बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसको समानुपातिक कोटामा बागमतीका को-को परे ?

सोमबार, ०५ माघ २०८२, ०९ : ४६
सोमबार, ०५ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची सार्वजनिक गरेको छ।
  • कांग्रेसले समानुपातिक सूचीमा बागमती प्रदेशका २१ जना सहित विभिन्न क्लस्टरका उम्मेदवारहरू समावेश गरेको छ।
  • सूचीमा आदिवासी जनजाति, खस आर्य र दलित क्लस्टरका उम्मेदवारहरू रहेका छन्, जसमा विभिन्न जिल्लाका व्यक्तिहरू छन्।

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची सार्वजनिक गरिएको छ । निर्वाचन आयोगमा पेस गरिएको कांग्रेसका समानुपातिक तर्फको उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको हो ।

कांग्रसले आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा समावेश ११० जना उम्मेदवारको मध्ये बागमती प्रदेशका २१ जना रहेका छन् । कांग्रेसको समानुपातिक सूचीमा आदिवासी जनजाती क्लस्टरमा १४ जना, खस आर्य क्लस्टरमा ४ र दलित क्लस्टरमा ३ जना रहेका छन् ।

कांग्रेसले आदिवासी जनजाति क्लस्टरमा काठमाडौँबाट गोपालमान सिंह राजभण्डारी, नारायण श्रेष्ठ रहेका छन् भने भक्तपुरबाट विनोद प्रकाश कायस्थ, मदनकृष्ण श्रेष्ठ (अपाङ्गता भएको), डा. गंगालक्ष्मी अवाललाई उम्मेदवार बनाएको छ । कांग्रेसले नुवाकोटबाट महेन्द्र थिङ तामाङ, जगतबहादुर तामाङ, सिन्धुपाल्चोकबाट प्रेमध्वज लामा, धादिङबाट सेतेमान तामाङ, शान्ता कुमारी तामाङ, रसुवाबाट पेम्वा छिरिङ तामाङ, दोलखाबाट छिरिङ डोल्मा शेर्पा, चितवनबाट कमला श्रेष्ठ र मकवानपुरबाट शर्मिला श्रेष्ठ उम्मेदवार रहेका छन् ।

कांग्रेसले दलित क्लस्टरमा उम्मेदवार बनाएको ३ जना मध्ये काठमाडौँबाट हरिशरण नेपाली,  मकवानपुरबाट पवित्रा विक काभ्रेबाट मिरा कुमारी नेपाली उम्मेदवार रहेका छन् । ४ जना खस आर्य क्लस्टरका उम्मेदवार मध्ये नुवाकोटबाट अर्जुननरसिंह केसी, सिन्धुली नरेन्द्रजंग थापा, काठमाडौँबाट श्रीविनोद भट्टराई र धादिङबाट सीता थपलिया रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप