स्पेनमा तीव्र गतिको रेल दुघर्टनामा मर्नेको संख्या कम्तीमा ३९ पुग्यो
म्याड्रिड । दक्षिणी स्पेनमा तीव्र गतिको दुई रेल ठोक्किएको घटनामा मर्नेको संख्या बढिरहेको छ ।
स्थानीय सञ्चार माध्यमले बताएअनुसार कम्तीमा ३९ जनाको मृत्यु भएको छ । अरू दर्जनौं मानिस घाइते भएका छन् । यसलाई एक दशकयता देशको सबैभन्दा खराब रेल दुर्घटना बताइएको छ । मलागाबाट म्याड्रिडतर्फ गइरहेको उच्च–गति रेल लिकबाट खसेर अर्को लिकमा पुगेको थियो । यो रेल म्याड्रिडबाट ह्वेल्भातर्फ जाँदै गरेको रेलसँग ठोक्किएको थियो ।
दुवै रेलमा झन्डै ४०० यात्री र क्रु सवार थिए । कम्तीमा पनि ७३ जना मानिसलाई अस्पताल लगिएको छ । यीमध्ये २४ जना गम्भीर रूपमा घाइते भएको बताइएको छ । गम्भीर घाइते हुनेमा चार जना बालबालिका पनि छन् । अधिकारीहरूले अनुसन्धान सुरु गर्दा घटनालाई अत्यन्तै अनौठो भनेर बताएको स्पेनी यातायात मन्त्री ओस्कार पुएन्टेले भनेका छन् । सरकारले परामर्श गरेका सबै रेलवे विज्ञहरू दुर्घटनाबाट अत्यन्तै चकित रहेको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण