कांग्रेसको ‘युवा कोटा’मा कास्कीका भानु ढकालको दाबी
पोखरा । नेपाली कांग्रेस केन्द्रीय समितिले आगामी निर्वाचनमा ४० वर्षमुनिका युवालाई २० प्रतिशत टिकट दिने तयारी गरेसँगै कास्कीको राजनीति फरक बनेको छ ।
पार्टीले युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित उम्मेदवारीमा कोटा छुट्याउने नीति लिएपछि कास्की क्षेत्र नम्बर १ बाट जिल्ला सचिव भानु ढकालले दाबी पेस गरेका छन् ।
कांग्रेसको यो निर्णय कार्यान्वयन हुँदा देशभरबाट करिब ३३ जना ४० वर्षमुनिका युवाले प्रत्यक्षतर्फ टिकट पाउनेछन् । यही समीकरणभित्र रहेर गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीबाट युवा नेतृत्वको रूपमा ढकालले आफ्नो दाबी अघि सारेका हुन् ।
कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने दौडमा रहेका ढकालको नाम यसअघि नै जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा सिफारिस भइसकेको छ । यद्यपि यस क्षेत्रमा पुराना नेताहरू कृष्ण केसी, तिलक रानाभाटलगायत पनि चर्चामा छन्, तर पार्टीले युवालाई प्राथमिकतामा राख्ने नीति लिएकाले आफ्नो सम्भावना बलियो रहेको ढकाल बताउँछन् ।
‘युवालाई टिकट दिने भनेर मात्र हुँदैन, जित्ने सुनिश्चितता भएको क्षेत्र पनि दिनुपर्छ,’ ढकालले भने, ‘गण्डकी प्रदेशकै केन्द्र भाग कास्कीबाट कम्तीमा एउटा टिकट युवाका लागि हुनुपर्छ भन्ने मान्यता हो । म कास्की–१ को स्वाभाविक दाबेदार हुँ ।’
विद्यार्थी राजनीतिबाट उदाएका ढकाल हाल कास्की कांग्रेसको सचिवको जिम्मेवारीमा छन् । उनी कांग्रेस सभापति गगन थापानिकट मानिन्छन् । केन्द्रीय समितिले युवालाई २० प्रतिशत कोटा छुट्याउने संकेत गरेसँगै ढकालले केन्द्रीय नेताहरूसँग भेटघाट र लबिङ गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण