सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षारोपण गरिने
सारांश
- लुम्बिनी वल्र्ड पिस फोरमले सोलुखुम्बुमा ८,८४८ बिरुवा रोप्ने कार्यक्रम सुरु गर्यो।
- यो कार्यक्रम वातावरण संरक्षण र जलवायु सन्तुलनका लागि हो।
- फोरमले २०३० सम्म १० लाख बिरुवा रोप्ने लक्ष्य लिएको छ।
सोलुखुम्बु । विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वर्ल्ड पिस फोरमले यहाँस्थित पत्तालेमा ‘सगरमाथा–लुम्बिनी जलवायु पहल–२०२६’ को शुभारम्भ गरेको छ ।
नेचासल्यान गाउँपालिकासँगको सहकार्यमा आइतबार सो कार्यक्रम औपचारिक शुभारम्भ गरिएको संस्थाका अध्यक्ष वासु गौतमले जानकारी दिए । उनका अनुसार यस पहलअन्तर्गत सन् २०२७ भित्रमा आठ हजार ८४८ बोट फलफूलको बिरुवा जिल्लाको विभिन्न भागमा रोपिने छ ।
वातावरणीय सरसफाइ, वृक्षारोपण तथा जलवायु परिवर्तनसम्बन्धी सामुदायिक सचेतना कार्यक्रम समेटिएको एक वर्षे जलवायु कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ । कार्यक्रम नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष वासु गौतमले सन् २०१९ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको दश लाख बिरुवा वृक्षारोपण तथा संरक्षण पहलमार्फत वातावरण संरक्षण र जलवायु सन्तुलनका लागि दीर्घकालीन दृष्टिकोणका साथ काम गर्दै आएको उल्लेख गरे ।
फोरमका अनुसार सन् २०१९ यता देशभर दुई लाखभन्दा बढी फलफूलका बिरुवा रोपण भइसकेको छ । संस्थाले सन् २०३० सम्म १० लाख बिरुवा रोपण तथा संरक्षण गर्ने लक्ष्य लिएको जनाएको छ । जसले संयुक्त राष्ट्रसङ्घीय सत विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय प्रयासलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यसै पहलअन्तर्गत आगामी फेब्रुअरी २ मा विश्व सिमसार दिवसको अवसर पारेर लुम्बिनीमा पनि समान प्रकृतिको वृक्षारोपण तथा वातावरणीय सचेतना कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण