राजनीति
उम्मेदवारी दर्ता गर्न झापा–५ पुगे बालेन
मङ्गलबार, ०६ माघ २०८२, १० : १०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह झापा-५ मा उम्मेदवारी दर्ता गराउन पुगेका छन्।
- सोही क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेका छन्, र उनले दिउँसो उम्मेदवारी दर्ता गर्नेछन्।
- बालेन जनकपुरको कार्यक्रम सकेर झापा पुगेका हुन् भने ओली सोमबार नै झापा पुगिसकेका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आफ्नो उम्मेदवारी दर्ता गराउनका लागि झापा–५ पुगेका छन् । उनले मंगलबार बिहान ११ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।
उक्त क्षेत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार छन् । ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
ओली सोमबार नै झापा पुगेका थिए भने बालेनचाहिँ जनकपुरको कार्यक्रम सकेर मंगलबार मात्रै झापा पुगेको बताइएको छ । बालेनले सामाजिक सञ्जालमा मंगलबार बिहान आफू झापा–५ पुगेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण